NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बाजुरामा प्रहरीले गोली चलाउँदा यसरी मारिए अएडी, तीन जना घाइते

काठमाडौं । ४ मंसिरमा चुनावमा केही ठाउँमा छिटफुट घटना भए पनि बाजुरामा भने दुखद् घटना भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका ७ मा मतदान सकिंनै लाग्दा भएको झडपमा प्रहरीले गोली चलाउँदा सञ्जीव अएडीको मृत्यु भएको हो ।

मतदान अन्तिम अवस्थामा पुग्न लाग्दा एकजना स्थानीय मतपेटिका खोस्न खोजेपछि झडपको स्थिति उत्पन्न भएको प्रहरीले जनाएको छ ।

झडपमा परी प्रहरी हवल्बदार कृष्ण कुँवर र अन्य तीनजना पनि घाइते भएका छन् । पर्शुराम पाध्याय र खड्ग अएडी पनि घाइते भएका छन् ।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।