NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जसले काजक्रियामै मतदान गरे

काठमाडौं । तनहुँस्थित भानु नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मिनबहादुर गरुङ्ग र उनका भाइ आशपुर गुरुङले काजक्रियाकै अवस्थामा मतदान गरेका छन् ।

उनीहरुकी आमाको निधन भएको आज दुई दिनमात्रै भएको छ । तर, काजक्रियामै रहेका गरुङ्ग द्वयले पुर्कोेट कलिका बहुमुखि क्याम्पस, रानिपानि केन्द्रमा पुगेर प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि मतदान गरेका हुन् ।

उक्त मतदान केन्द्रमा कुल ३१७४ मतदाता मध्ये १७८५ जनालेमात्रै मत हालेका छन् ।