NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

*रविको क्षेत्रमा मतगणना गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । चितवन क्षेत्र नं. २ मा मतगणनाको तयारी अघि बढाइएको छ । यसका लागि अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार, मतगणना प्रयोजनार्थ अहिले बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक चलिरहेको छ । बैठक सकिएपछि त्यहाँ मतगणना सुरु गर्ने तयारी छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेदवार रहेकाले यहाँको मतपरिणामलाई निकै चासोका साथ हेरिएको छ । विभिन्न प्रक्षेपणहरूले रवि त्यहाँ अगाडि रहेको देखाएको छ ।

(क्षमाप्रार्थी : यसअघि प्रकाशित समाचारमा असावधानीवश गलत सूचना प्रेषित हुन पुगेकाले सखेद सच्याइएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । सम्पादक)