NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाठौं–७ मा एमालेले अग्रता लियो, मानुषी तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेले अग्रता लिएको छ ।

सुरूवाती चरणमा रास्वपाका उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका थिए । अहिले एमालेका श्यामकुमार घिमिरेले पराजुलीलाई उछिनेका छन् ।

घिमिरेले ३७५ मत पाएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ३०४ मत पाएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार मानषी यमीले २९० मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।