NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाबुलाई हराउने एमाले उम्मेदवारसँग छोराले बदला लिंदा कति मतान्तरले जिते ?

काठमाडौं । पहिलो प्रयासमै कांग्रेसबाट योगेश गौचन थकालीले मुस्ताङमा जितको खाता खोलेका छन् । ४ मंसिरको निर्वाचनमा १६५ सिट अन्तर्गत प्रतिनिधिसभातर्फ मुस्ताङमा थकालीले जितको खाता खोलेका हुन् ।

उनले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरे । उनले ९१४ मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । २९ वर्षीया थकालीले ६० वर्षीया तुलाचनलाई पराजित गरे ।

अघिल्लोपटक २०७४ सालमा एमालेका तुलाचनले योगेशका बाबु रोमीलाई पराजित गरेका थिए । तर बाबुलाई पराजित गर्नेमाथि विजय हात पार्दै योगेशले यसपटक बदला लिएका छन् ।

को हुन् थकाली ?

थकाली कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । यसपटक आफू नउठि उनले छोरालाई उम्मेदवार बनाएका छन् । उम्मेदवार बनेको पहिलो प्रयासमै थकालीले जित हात पारेको हो ।

उनको जितसँगै ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभासभा पहिलो जित हात पार्नेमा कांग्रेसले अरुलाई उछिनेको हो ।
मुस्ताङमा एउटामात्रै प्रतिनिधिसभाको क्षेत्र रहेको छ ।

योगेशका बाबु रोमी मुस्ताङका कांग्रेस सभापति हुन् । साथै पूर्व सांसससमेत हुन् ।

मुस्ताङलाई एमालेले आफूले जित्ने बलियो सम्भावना रहेको क्षेत्र मानेको थियो । तर एमालेको आफ्नो बलियो मानेको क्षेत्रमा कांग्रेसले बाजी मारेको हो ।