NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गगन थापा र राजन भट्टराईबीच कडा टक्कर

काठमाडौं । धेरैको आँखा परेको काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा टक्कर देखिएको छ । थापाले ६६८ मत प्राप्त गर्दा भट्टराईले ६३३ मत पाएका छन् ।

यो प्रारम्भिक मतगणनाको नतिजा हो । जुन नतिजामा थापा र भट्टराईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । थापा ३५ मतले मात्रै अगाडि देखिएका छन् ।

१५११ मतगणनामा यस्ताे नतिजा देखिएकाे हाे । राप्रपका उम्मेदवारले ६४, स्वतन्त्रकाे लाैराेकाे ३८ मत छ ।

भावी प्रधानमन्त्रीमा दाबेदारी गर्दै आएका थापाले सहजै चुनाव जित्ने विभिन्न एक्जिट पोलले देखाएका छन् ।

चुनाव नजिकिंदै जाँदा थापाले आफूलाई प्रधानमन्त्रीको बलियो उम्मेदवार रहेको बताएपछि उनले राम्रो मत ल्याएर जित्ने विभिन्न पोलको दाबी छ । तर प्रारम्भिक चरणदेखि नै थापा र भट्टराईबीच कडा टक्कर देखिएको छ ।