NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

झापा–३ मा सिटौलाविरुद्ध लिङ्देनको अग्रता

काठमाडौं । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुरुवाती अग्रता लिएका छन् । उनले २२७ मत ल्याएर अग्रता लिएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । यहाँ लिङ्देनलाई एमालेले समर्थन गरेको छ ।

सिटौलालाई माओवादी, एकीकृत समाजवादीले समर्थन गरेको छ । २०७४ को निर्वाचनमा सिटौला लिङ्देनसँग पराजित भएका थिए ।