NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कडा सुरक्षाबीच यसरी हुँदैछ काठमाडौं १ मा मतगणना [भिडियोसहित]

काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएपछि विभिन्न क्षेत्रहरूमा मतगणना भइरहेकाे छ । मतपत्रको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्था र तयारीकाबीच देशैभर मतगणना हुँदैछ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिए यताका चुनावमा देशभर तारजालीभित्रको बन्द कक्षमा मतगणना हुँदै आएको छ ।

यसपटकको निर्वाचनपछिको मतगणनामा पनि उस्तै सुरक्षाका मापदण्ड बनाएर मतगणना हुँदैछ ।

धेरैको आँखा परेको काठमाडौं १ मा पनि कडा सुरक्षाको बीच मतगणना जारी छ ।

काठमाडौं १ मा कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, पुकार बम स्वतन्त्र पार्टीबा उम्मेदवार छन् ।

जारी मतगणनामा कांग्रेसका प्रकाशमान सिंह थोरै मतले अगाडि छन् । दोस्रोमा एमाले र तेस्रोमा मिश्र छन् ।

यसरी भइरहेको छ मतगणना