सिन्धुपाल्चोकमा ३ बजेदेखि मतगणना सुरू हुने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक-१ को तेम्बाथान बाहेकका मतपेटिका संकलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।
क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक बजे सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना गरिने उनको भनाइ थियो ।
ताजा अपडेट
-
एसएसपी अधिकारीको डिआइजीमा बढुवा सिफारिस
-
मन्त्रिपरिषद् बैठकः सचिव बढुवादेखि नियमावली स्वीकृतीसम्म
-
साढे चार करोडको लागुऔषधसहित ठमेलबाट दुई विदेशी पक्राउ
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
प्रतिक्रिया