NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मोरङमा लालबाबुविरुद्ध शेखरको अग्रता

काठमाडौं । मोरङ ६ मा एमालेका लालबाबु पण्डितविरुद्ध कांग्रेसका डा. शेखर कोइरालाले अग्रता बनाउँदै आएका छन् ।

५ सय मत गणना हुँदा शेखरले २०१ मत प्राप्त गरेका छन् । पण्डितले १६६ मत ल्याएका छन् ।

२०७४ सालको निर्वाचनमा यो क्षेमा पण्डितले शेखरलाई पराजित गरेका थिए । यसपटक फेरि उही उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको हो ।
यसपटक शेखरले पण्डितलाई पराजित गर्ने एक्जिट पोलको दाबी रहँदै आएको छ ।

अघिल्लोपटक एमाले र माओवादी मिलेका थिए । यसपटक माओवादी कांग्रेससँगको गठबन्धनमा छ ।