NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुरुवाती मतगणनामा रवि लामिछाने पछाडि पर्नुको कारण यस्तो छ

काठमाडौं । देशका विभिन्न स्थानमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर घण्टी बजाउँदै गर्दा यसकै सभापति भने निरन्तर पछाडि परेका छन् ।

चितवन २ मा ११२६ मतगणना गर्दा रविको मत एक सय पनि पुगेको छैन । पछिल्लो अपडेट अनुसार उनले ८७ मत मात्रै पाएका छन् । जबकी एमालेका कृष्णभक्त पोखरेलको ५५४ र कांग्रेसका उमेश श्रेष्ठको ३९७ मत आएको छ ।

देशैभर रविको पार्टीले तहल्का मच्याउने संकेत मिलिरहेको बेला रविले भने निक्कै कम मत पाएका छन् । तर एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएकोले रविले कम भोट पाएको बताइन्छ ।

इच्छाकामना गाउँपालिकको वडा नम्बर १ बाट मतगणना हुँदा रवि निक्कै पछाडि परेका हुन् । यो सहरी भेगमा नपर्ने भएपछि रवि पछाडि परेका हुन् । एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएको हुँदा रविले सहरी क्षेत्रमा आएपछि अविश्वसनीय रुपमा अग्रता लिने बताइन्छ ।

चुनाव नहुँदैदेखि चितवनमा रविको पक्षमा परिणाम आउने अनुमान गरिएको थियो । विभिन्न मिडिया रिपोर्टले पनि रविले फराकिलो मतान्तरले यो क्षेत्रमा चुनाव जित्ने दाबीसहितका समाचार प्रस्तुत गर्दै आएका छन् ।

यसैले रविले सहरी एरियाको मत गणना हुन थालेपछि एमालेका पोखरेल र कांग्रेसका श्रेष्ठलाई निक्कै पछाडि छोड्ने बताइन्छ ।

काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा रविको स्वतन्त्र पार्टीले प्रभावशाली मत ल्याएको छ ।

रविले प्रत्यक्ष र समानुपातिक दुवैमा उल्लेख्य मत ल्याएर जित्ने र संसदमा सम्मनजनक हिस्सा ओगट्ने देखिएको छ ।