NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गोकुल बाँस्कोटा काभ्रेमा १२०९ मतले पछाडि

काठमाडौं । काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाविरुद्ध कांग्रेसका शिवप्रसाद हुमागाईंले निरन्तर अग्रता बनाइरहेका छन् ।

पछिल्लो अपडेट अनुसार हुमागाईंले ४६३३ मत प्राप्त गर्दा बाँस्कोटाले ३४२४ मत प्राप्त गरेका हुन् ।

हुमागाईं १२०९ मतान्तरले अगाडि रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका थिए ।

२०७४ सालमा गोकुलले कांग्रेसका मधु आचार्यलाई १८७७३ मतान्तरले पराजित गरेका थिए ।