NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रौतहट–१ : माधव नेपालविरुद्ध एमालेको अग्रता

काठमाडौं । रौतहट–१ मा एकीकृत साजवादीका उम्मेदवार माधवकुमार नेपाल दोस्रो स्थानमा पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ५८० को मतान्तरले नेपाललाई पछि पारेका हुन् । गुप्ता ६ हजार ९१८ मतसहित अहिले लिड गरेका हुन् ।

नेपालले ६ हजार ३३८ मत प्राप्त गरेका छन् । २०७४ सालमा सो क्षेत्रमा राष्ट्रिय जनता पार्टीका अनिल कुमार झा ५ हजार ५९८ मतसहित विजयी भएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाल रौतहट–१ र काठमाडौं–२ बाट विजयी भएका थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट माओवादीका देवेन्द्र पटेलसँग पराजित भएका थिए । काठमाडौं–२ मा झक्कु सुवेदीसँग पराजित भएका थिए । योपटक काठमाडौं–२ असुरक्षित देखिएपछि उनी गृह क्षेत्र रौतहट झरेका हुन् । उनलाई गठबन्धनले साथ दिएको छ ।