NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

यी हुन् कांग्रेसले अहिलेसम्म जितेका चार प्रतिनिधिसभाका क्षेत्र

काठमाडौं । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभामा सबैभन्दा बढी क्षेत्र जितेको छ । अहिलेसम्म परिणाम आएकामध्ये कांग्रेसले चारवटा क्षेत्र जितेको हो ।

कांग्रेसले पहिलो मुस्ताङ, दोस्रो मनाङ, तेस्रो काठमाडौं १ र चौथो काठमाडौं ४ जितेको हो । एमालेले ललितपुर २ मा जितेकाे छ । जहाँ प्रेम महर्जन विजयी भएका छन् ।

काठमाडौं ४ बाट गगन थापा ७४५६ मतान्तरले विजयी भएका छन् । उनले एमालेका राजन भट्टराईलाई लगातार दोस्रोपटक पराजित गरेका हुन् । थापाले यसपटक २१३०३ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३८४७ मत प्राप्त गरे ।

प्रकाशमानले काठमाडौं १ बाट १२९ मतान्तरले बाजी बारे । २०७४ मा हराएका रवीन्द्र मिश्रलाई फेरि सिंहले यसपटक पनि स्तब्ध पारे । अघिल्लोपटक मिश्र सिंहसँग ८१८ मतान्तरले पराजित भएका थिए । अघिल्लोपटक उनी विवेकशीलमा थिए । तर यसपटक राप्रपाबाट उठ्दा अन्तर घटाए तर जित्न सकेनन् ।

अघिल्लोपटक एमालेले जितेको मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । मुस्ताङमा पनि एमालेले जितेको ठाउँमा यसपटक कांग्रेसका योगेश गौचन थकाली विजयी भए । अघिल्लोपटक उनका बाबु रोमी गौचन थकालीलाई एमालेले हराएको थियो । यसपटक छोराले बदला लिएका छन् ।

कांग्रेसले चार सिट जित्दा, एमालेको एक सिट, कसले कहाँ जिते ? कुन दलको अग्रता कति ठाउँमा ?