NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चितवन–२ मा सुरू भयो रविकाे फराकिलो अग्रता

काठमाडौं । चितवन–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् । मतगणनाको सुरुवातमा पछि परेका रविले आफ्नो अवस्था सुदृढ पार्दै प्रतिस्पर्धीसँगको मतान्तर खुम्च्याउँदै लगेका हुन् ।

जारी मतगणनामा रविले ४ हजार ७५१ मत हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ७२८ मतले पछाडि परेका छन् । उनले अहिलेसम्म हासिल गरेको मत संख्या ४०२३ छ ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको पक्षमा ३ हजार ६१९ मत परेको छ ।

चितवन–२ मा अहिले मतगणना जारी छ ।