NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

हारपछि मानुषी– युगीन बाबुप्रति आभार, मतदातालाई धन्यवाद

नवनिर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर अघि प्रतिबद्धता

काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नं. ७ मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर पराजित मानुषी यमी भट्टराईले आफूलाई मतदान गर्ने मतदाता र सहयोग गर्ने नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गरेकी छन् ।

अन्तिम मत परिणाममा पराजित बनेपछि मानुषीले मतदाता तथा सहयोगीलाई सम्झिएकी हुन् ।

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी हुँदा मानुषी तेस्रो नम्बरमा खुम्चिइन् ।

मानुषीले छोरा युगीनलगायत परिवारजनमा समेत आभार प्रकट गरेकी छन् । छोरा युगीन र परिवारजनले धैर्यता र आत्मबल जुटाइदिएको उनको भनाइ छ ।

उनले गत आइतबार सम्पन्न निर्वाचनबाट अनुभव बटुल्ने र शिक्षा लिने अवसर पाएको उल्लेख गर्दै आगामी यात्रामा यसको सदुपयोग गरेर अघि बढ्ने प्रण गरेकी छन् ।

‘यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें,’ उनले लेखेकी छन्, ‘ आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गर्दछु ।’

काठमाडौं–७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहने प्रतिबद्धता पनि उनले जाहेर गरेकी छ । पराजित भए पनि नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्य गरेर अघि बढ्ने उनले जानकारी दिइन् । गलत काममा भने आफूले सधैं खबरदारी गरिरहने मानुषीको भनाइ छ ।