NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार ८०० रुपैयाँ र तेजावी सुनको ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।

आज,चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी १२ सय ८० रुपैयाँ कायम थियो ।