NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

गोरखामा प्रचण्डले कटाए १७ हजार मत

काठमाडौं । गोरखा क्षेत्र नंबर २ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले १७ हजार मत कटाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले १७ हजार ७५३ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले पाँच हजार ९३६ मत हासिल गरेका छन् ।

अर्कोतर्फ चुनावी प्रचारप्रसारमा प्रचण्डलाई गाली गरेरै चर्चामा आएका एमाले उम्मेदवार अब्दुस मियाँ भने तेस्रो स्थानमा संघर्ष गरिरहेका छन्।

उनले हालसम्म चार हजार ५९८ मत प्राप्त गरेका छन् । यसअघि विवेकशील साझा पार्टीमा रहेका मियाँ चुनावको मुखमा एमाले प्रवेश गरेका हुन् ।