NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

उदयपुर २ प्रदेशसभा १ मा माओवादीका मगर विजयी

काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का नारायण बुर्जा मगर विजयी भएका छन् ।

उनले ८ हजार १०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले ८ हजार ७० मत प्राप्त गरेका छन् । मगरले राईलाई ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रदेशसभामा जम्मा १८ हजार ६९९ मत खसेको थियो । मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले ८६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले ४३२ मत ल्याएर चौथो स्थानमा रहे। जनता समाजवादी पार्टीका घनश्याम कटुवालले ३६६ मत ल्याए ।