NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिन्धुली-२ मा माओवादी केन्द्रका दाहाल विजयी

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनी पाँच हजार आठ सय ३० मतान्तरले विजयी भएका हुन् । दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले एक हजार पाँच सय ५३ मत प्राप्त गरेका छन् भने राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेका छन् ।