NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हत्या आतंकमा उत्रेको युक्रेनको आरोप

युक्रेन । युक्रेनले रुस हत्या गर्ने तथा आतंक फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतंकको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले  बताएका छन् ।

दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजात शिशुको मृत्यु भएपछि क्रुद्ध हुनुभएका युक्रेनी राष्ट्रपतिले ‘नौ महिनामा हासिल गर्न नसकेको लक्ष्य अब दुश्मनले हत्या र आतङ्कका माध्यमबाट हासिल गर्ने प्रयास गरिरहेको छ तर त्यसमा पनि असफल हुनेछ,’ युक्रेनमा भएका नराम्रा कामका निम्ति मस्को जिम्मेवार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।