NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कञ्चनपुर २ को प्रदेशसभा (१) मा माओवादी विजयी

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) विजयी भएका छन् । सो निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रका भाटले १० हजार नौ सय २५ मत प्राप्त गरेका छन् । उनले चार सय ७५ मतको अन्तरले जित हासिल गरेका छन् । भाटका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का वचनबहादुर सिंहले १० हजार चार सय ५० मत मात्रै ल्याउन सके ।