NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कबीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै प्रचण्ड निर्वाचित भएका हुन् ।

प्रचण्डले जित दर्ता गराउने क्रममा २६ हजार १०३ मत बटुले । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।

प्रचण्डको यो तेस्रो जित हो । निर्वाचन क्षेत्र परिवर्तन गरे पनि उनी त्यसयता लगातार विजयी हुँदै आएका छन् ।