NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चितवन २ (१) मा एमालेका सिलवाल विजयी 

काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २ (१) को मत परिणाम आएको छ ।

प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २ (१) मा कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । उनी एक हजार दुई सय ४० मतान्तरले विजयी भएका हुन् ।

उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष