NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रियलमी नार्जो सिरिजको नयाँ मोडल नार्जो ५० आइ प्राइम नेपाली बजारमा

काठमाडाैं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम । यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमी नार्जो ५० आइ प्राइमलाई लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइ प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुल युनिसक त्टज्ञद्द प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्छ । एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।’

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ ।

यसमा ब्लत्गत्ग बेन्चमार्क २०९८३२ को पावरफुल युनिसक त्टज्ञद्द प्रोसेसर रहेको छ । त्यस्तै यसमा भएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपिको एआइ क्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जिबि -याम र ३२ जिबि रोम भएको सेटको मुल्य  १४ हजार ४९९ रहेको छ भने ४ जिबि -याम र ६४ जिबि रोम भएको सेटको मुल्य १५ हजार ९९९ रहेको छ । यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।