NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सोलुखुम्बु (१) मा माओवादीका शेर्पा विजयी

काठमाडौं । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उत्तमकुमार बस्नेतलाई एक हजार ६३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गरेका छन् । प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो ।

पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् । दुई वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।