NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भक्तपुर १ (२) मा भारी मतान्तरले नेमकिपाका गोसाइँ विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार ७०४ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले २ हजार ४२८, राप्रपाका रोशन नापितले एक हजार ९०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फको मतगणना भने जारी छ ।