NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

डडेल्धुरा (१) मा माओवादीका भट्ट विजयी

काठमाडौं । डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गरेका हुन् । बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत पाएका छन् । जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि छन्। विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भट्ट निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए ।

भट्ट विसं २०६४, २०७० र २०७४ मा सङ्घीय निर्वाचन लड्का थिए । तीनवटै निर्वाचनमा उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित भएका थिए थियो । यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो भने प्रदेशसभा ९२० मा स्वतन्त्र उमेदवार डा तारा जोशी अगाडि छन् ।

उनले गठबन्धनबाट उमेदवार रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडि पारेका हुन् । डा जोशीको १० हजार पाँच सय मत आउँदा बोहराको भने नौ हजार आठ सय ८१ मत छ । बोहरा जोशीभन्दा ६ सय ६८ मतले पछाडि परेका छन् ।