NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट निर्वाचित

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले ९१७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले ७ हजार ६०३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले ५ हजार ७१३ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले ५ हजार ५०२ मत ल्याएका छन्।

जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार ६४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।