NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष