NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घण्टीको उदय मिडियाको कृपा भएको ओलीको दाबी

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय मिडियाको प्रोपागान्डावाहेक अन्य केही नभएको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाले याे चुनावमा ल्याएकाे मतपरिणाम कुनै ठूलो कुरा नभएको बताउँदै यसलाई मामुली घटनाका रूपमा अथ्र्याए ।

‘त्यो केही ठूलो कुरा होइन, यो मामुली कुरा हो । उदय भयो भनेर जसरी प्रोपगान्डा गरियो, त्यो मिडियाको कृपा हो । हा–हा र हु–हुमा देश चल्दैन,’ उनले भने, ‘जसरी प्रोत्समहन गर्ने काम भइरहेको छ भविष्यका लागि जिम्मेवारपूर्ण र हितमा छैन ।’

ओली झापा ५ बाट भारी मतले पुनः प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् ।