NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिक फिर्ता गर्ने

काठमाडाैं । जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ । आगामी सन् २०२४ को मे  महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो । संयुक्त राष्ट्रसंघीय प्रवक्ताले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद पनि दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले बुधबार जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिएका छन् ।

मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन् । जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिनुभएको छ । मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्रसंघीय मिसन, मिनुस्मा जारी रहेको छ । यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका थिए ।