NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रुपन्देही १ मा एमालेको अग्रता, पछ्याउँदै घनश्याम

काठमाडौं । रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्माले १२ हजार ५१३ मतसहित अग्रता लिएका छन् । उनलाई स्वतन्त्रका घनश्याम भुसालले १० हजार ४६२ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेशबहादुर पछाईले ६ हजार ५९६ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ७ हजार १६९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रका उम्मेदवार टीकाराम जैशी चापागाईँ भने १ हजार ५१९ मत ल्याएर चौथो स्थानमा छन् । सो क्षेत्रमा अहिलेसम्म ४८ हजार ४१७ मत गणना भएको छ ।