NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गुल्मी १ बाट प्रदीप ज्ञवाली पराजित, भण्डारी निर्वाचित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रदीप ज्ञवाली पराजित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्र घण्डारीसँग एक हजार ५९२ मतान्तरले हारेका हुन् ।

ज्ञवालीले ३२ हजार १५२ मत ल्याउँदा भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरे ।

यसअघिको निर्वाचमा उक्त क्षेत्रबाट ज्ञवाली भण्डारीलाई पराजित गर्दै प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए । उनीहरू दुईबीच ०६४ सालदेखि नै चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।