NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पाल्पा २ मा एमालेका गैरे विजयी

काठमाडौं । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन्।

गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी वाम_लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत ल्याएका छन् ।