NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ माघ १६ गते

विदेशी फोटोग्राफरले सगरमाथामा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर नक्कली

काठमाडौं । गत कात्तिकमा अमेरिकी फोटोपत्रकार कितिया पावलोब्स्कीले एउटा हिउँ चितुवाको तस्बिर सार्वजनिक गरिन् । सगरमाथा क्षेत्रमा खिचिएको दाबी गरिएको उक्त तस्बिरले विदेशी फोटोग्राफर कितियाको प्रशंसा भयो भने नेपाली फोटोग्राफरको आलोचना । यसक्रममा नेपाली फोटोग्राफरको क्षमतामाथि अनेक प्रश्न उज्याउँदै उछितो काडियो । पछि नेपाली फोटोग्राफरले खिचेको त्यसभन्दा सुन्दर तस्बिर सार्वजनिक भए । त्यसपछि भने बल्ल नेपाली फोटोग्राफरमाथिको आलोचना बन्द भयो ।

विश्वभर कितियाले प्रशंसा बटुलेको उक्त फोटो अहिले आएर फेक रहेको पुष्टि भएको छ । अल्पलाइन इन्टनेसनल म्यागजिनले कितियाका तस्विरहरू नक्कली भएको दाबी गर्दै कारणसहित समाचार प्रकाशन गरेको छ ।

प्रकाशनमा आएका तीन फोटोको ब्याकग्राउण्ड परिवर्तन गरिएको उक्त म्यागजिनले प्रमाणित गरेको छ । उक्त म्यागजिनका अनुसार, वन्यजन्तु फोटोग्राफीको क्षेत्रमा आफूलाई अमेरिकी फोटोग्राफर दाबी गर्ने कितियाबारे कसैले सुनेका छ्रैनन् । ती तस्विरहरुको प्रकृति, रचना, खिचिएको स्थानमै सत्यता नभएको औंल्याइएको छ ।

कितियाको इन्स्टाग्राममा पनि हिउँ चितुवाका पाँच फोटोमात्रै छन् । ५० हजारभन्दा बढी फलोअर्स भएको उक्त अकाउन्टमा अन्य वन्यजन्तुको केही मात्रामा मात्रै फोटो समावेश छ । जुन अनौठो रहेको जनाइएको छ ।

इन्टरनेटमा उनको ‘एलियन वर्ल्ड’ भन्ने शीर्षकमा भेटिने फोटो पनि फोटोसप र डिजाइन सफ्टवेयर प्रयोग गरेर बनाइएको पाइएको छ ।उनी भिजुअल आर्टस् र फोटोसप प्रयोेगमा अब्बल हुन सक्ने उक्त म्यागजिनको दाबी छ ।

जुन ठाउँमा कितियाले हिउँ चितुवाको तस्विर कैद गरेकी छिन् त्यो ठाउँमा तीन दशकदेखि कुनै हिउँ चितुवा नदेखिएको फ्रान्सेली वन्यजन्तु फोटोग्राफर भिन्सेन्ट म्युनियरको दाबी छ । उनलाई उद्धृत गर्दै प्रकाशन गरिएको उक्त रिपोर्टका अनुसार, हिउँ चितुवाको हिँडाइको रफ्तारका कारण तुरुन्तै क्यामेरामा कैद गर्न गाह्रो हुन्छ ।

अझ एक ठाउँमा पोज दिएर बसेको चितुवालाई कैद गर्नु असम्भवप्रायः छ । जुन पृष्ठभूमिमा कितियाको पोटोमा पोज दिएर बसेको हिउँ चितुवा छ, उनको भनाइमा त्यो निकै अनौठो छ । एउटा तस्विरमा देखिएको प्रकाश हेर्दा त्यहाँ दुईवटा सूर्य भएजस्तो लाग्ने उनले बताएका छन् । अझ कितियाको एक तस्विरमा हिउँ चितुवाले फेरेको सास प्रष्ट देखिन्छ, जुन निकै अवास्तविक भएकोसमेत उनले बताएका छन् ।

हिउँ चितुवा भनिए पनि वास्तवमा ती जनावर प्रायः हिउँ र बरफ भएको र शिकार नभएको ठाउँमा जाँदैनन् । बरु चट्टानी भू–भागहरुमा बस्ने गरेको म्युनिकको दाबी छ ।
एकान्त मन पराउने हुँदा गोरक सेपजस्तो व्यस्त ठाउँबाट टाढै रहने पनि उनको दाबी छ । किनभने, त्यहाँ बेसक्याम्पमा आवतजावत गर्ने हेलिकोप्टरहरूको निरन्तर प्रवाह भइरहेको हुन्छ ।

उनले योसँगै विभिन्न प्राविधिक पक्षलाई प्रस्तुत गर्दै कितियाका तस्विर नक्कली भएको दाबी गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष