NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मुगु प्रदेशसभा (१)  मा एमालेका मल्ल विजयी

काठमाडौं । मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले) का जितबहादुर मल्ल विजयी भएका छन्। मल्ल ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भएका छन् । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।