NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष