NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

तेह्रथुम । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो ।

म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।