NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सञ्चारमन्त्रीको क्षेत्रमा स्थगित मतगणना सुचारू गर्न बैठक सुरू

काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै स्थगित भएको मतगणना सुरूचारूका लागि बैठक सुरू भएको छ । बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरू भएको हो ।

बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् ।

मतगणनाका क्रममा धाँधली भएको भन्दै  कार्कीले हिजो साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरेको थियो ।

शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा (एमाले) को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ ।

सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो ।

यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका  थिए ।

अनधिकृत रूपमा मतगणनाका लागि कार्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएकोलगायत आरोप कांग्रेसको छ ।

ताजा अपडेट

नेपालवाच विशेष