NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शासनका विभिन्न पक्ष र सुशासनकाे वर्तमान अवस्थाको प्रश्नमा सहसचिव पाण्डेकाे समाधान

जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले शासनका विभिन्न पक्ष र नेपालमा सुशासनको वर्तमान अवस्थाबारे प्रश्नको हल सुझाउनुभएको छ ।

१) शासनका विभिन्न पक्षहरूबारे चर्चा गर्दै नेपालको वर्तमान शासन प्रणालीलाई सुशासनको कडीमा कसरी मूल्याङ्कन गर्नु हुन्छ । उदाहरणसहित प्रष्ट पार्नुहोस । १०

“राज्य सञ्चालन गर्ने प्रणाली र विधि शासन”

राज्य सञ्चालन गर्ने प्रणाली वा पद्धतिको बृहत खाकालाई शासन भनिन्छ । यो शक्त्ति र श्रोतलाई परिचालन गर्ने विधि पनि हो । विगतमा शासनलाई नागिरकलाई नियन्त्रणमा राख्नु,निर्देशित गर्नु,आफूप्रति बफादार बनाउनु भन्ने बुझिन्थ्यो भने आधुनिक अर्थमा लोकतान्त्रिक विधि प्रकृयाका सम्पूर्ण प्रणाली अवलम्बन गरिएको नागरिक केन्द्रित क्रियाकलापको समस्ठीलाई शासन भनिन्छ। शासन सरकार र जनताबीचको सम्बन्धसेतु,राज्यका प्रतिबद्धतालाई जनतासमक्ष,प्रत्याभूत गराउने माध्यम र अर्थपूर्ण राज्य निर्माण र सञ्चालनको आधार हो । शासनको स्वरूप मुलुकको मुल कानून नागरिकका अकांक्षा र अन्तर्राष्ट्रिय अभ्यासबाट निर्देशित हुन्छ ।

शासनका विभिन्न पक्षहरू

१) राजनैतिक पक्ष

– शासन सञ्चालन गर्नका लागि मियोको रूपमा राजनीति रहेको हुन्छ ।

– राजनीतिभित्र सरकार जनता र भूगोल पर्दछ ।

– शासन सञ्चालनका लागि राजनीतिले नीति बनाउँछ भने प्रशासनले कार्यान्वयन गर्दछ।

– शासन सञ्चालनका लागि सरकारको आवश्यकता पर्दछ । सरकार निर्माण निर्वाचनको माध्यमवाट राजनीतिले गर्दछ।

२) आर्थिक पक्ष

– शासन सञ्चालनका लागि आर्थिक तत्वको आवश्यकता पर्दछ ।

– आर्थिक कार्य प्रणालीको माध्यमबाट स्रोत साधनको व्यवस्थापन गरिने छ ।

– आर्थिक पक्षले शासनलाई प्रभावकारी र मजबुद बनाउँदछ ।

३) सामाजिक सांस्कृतिक आर्थिक पक्ष

– देशमा विद्यमान चालचलन रितिरिवाज सामाजिक व्यवहारले शासनलाई प्रभाव पारेको हुन्छ ।

– देशमा कानून भएर मात्रै पुग्दैन शासन निर्माणका लागि जनताको सामाजिक व्यवहारको सम्मान र संरक्षण पनि गरिनु पर्दछ ।

४) प्रशासकीय पक्ष

– शासनलाई जनतामाझ पुर्‍याउन प्रशासनको आवश्यकता पर्दछ ।

– शासनको दिगोपनाका लागि प्रशासनले महत्वपूर्ण भूमिका खेल्दछ ।

– प्रशासन शासन शासन सञ्चालनको सन्दर्भमा स्थायी सरकार हो ।

– नीति तथा कार्यक्रम लागु गराउने र शासनको अनुभुति गराउने जिवन्त साधन प्रशासन हो ।

५) प्राविधिक पक्ष

– शासनलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोग आवश्यक छ ।

– आजको एबउभचभिकक न्यखभचलmभलत मा शासनलाई दिगो र जनमैत्री बनाउन प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ ।

नेपालको वर्तमान शासन प्रणालीलाई सुशासनको कडिमा मुल्याङ्कनहरू

– नेपालको शासन प्रणालीमा नागरिक सहभागितालाई महत्व दिएको छ जस्तै सरकार निर्माण विकास निर्माण प्रतिफलको प्रयोगमा नागरिक सहभागिता बढाइएको छ ।

– नेपालको शासन प्रणालीमा पारदर्शिता बढ्दै गएको छ । जस्तै, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने र बजेट संसदमा व्यापक छलफल पछि पारित हुने ।

– नेपालको शासन प्रणालीमा जवाफदेहिताको प्रबर्धन गरिएको छ जस्तै मन्त्री र प्रधानमन्त्री आफ्ना कामका लागि संसद प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था छ ।

– नेपालको शासन प्रणालीमा सुनिश्चिता छ । जस्तै, ५/५ वर्षमा आवधिक निर्वाचन हुने प्रत्येक वर्ष जेष्ठ १५ गते बजेट भाषण हुने ।

– नेपालको शासन प्रणाली सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा सञ्चालन हुन्छ ।

– संघियता सहितको शासन प्रणाली र जवाफदेही राजनैतिक प्रणालीको व्यवस्थित प्रयोग भएको छ ।

– नीति निर्माण कार्यान्वयन र प्रतिफल वितरणमा नागरिकको सार्थिक सहभागिता बढ्दै गएको छ ।

– यी कृयाकलावाट नेपालको शासन जनमुखी जनउत्तरदायी र सुशासनयुत्त वनाउन खेजेको पाइन्छ ।

अत :

शासन प्रणालीको गन्तव्य सुशासन हो । शासनका सबै पक्षको प्रभावकारी परिचालन गर्दै नागरिकका आवश्यकता परिपूर्ति गर्नु यसको ध्येय हो । सुशासनको अनुभूति हुने र नागरिक सन्तुष्टि हुने शासन प्रणाली नेपालको वर्तमान संविधानले अपेक्षा गरको छ। यद्धपी कानूनमा लेखिएका कुरालाई व्यवहारमा रूपान्तरण गरी जन जनको मन जित्नु अहिलेको शासनको अपेक्षा हो ।