NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

प्रतिनिधिसभामा जसपाको एक सिट थपियो

काठमाडौं । जनता समाजवादी पार्टीका सुनसरी १ का उम्मेदवार अशोककुमार राई विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा जित निकालेका हुन् ।

राईले १७ हजार ५९ मतका साथ जित दर्ता गराउँदा तामाङ १६ हजार ६०६ मतमा रोकिइन् ।

माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका उम्मेदवार सात हजार ८८४ र एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत पाए ।