NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मतदाता बोकेको जीप खस्दा काश्मिरमा ६ जनाको मृत्यु, ८ घाइते

एजेन्सी । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा ६ जनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ ।

यस घटनामा परी मृत्यु हुनेमा ६ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिएका छन् । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए । घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो ।

पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।