एमसीसी सम्झौताअनुसार प्रशारण लाईन बनाउन ठेक्का आह्वान

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल ले विद्युत प्रसारण लाइनको ठेक्का आह्वान गरेको छ ।
नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०८० को साउन देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर आह्वान भएको हो । ४०० किलोभोल्ट (केभी) क्षमताको करिब तीन सय १५ किलोमिटर लामो विद्युत प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण गर्न एमसीए नेपालले टेन्डर आह्वान गरेको हो ।
लप्सीफेदी–रातमाटे–हेटौंडा ११७ किलोमिटर, रातमाटे–न्यू दमौली ९० किलोटिमर र न्यू दमौली–न्यू बुटवल ९० किलोमिटरको खण्डको ठेक्का भएको छ ।
न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर खण्ड बनाउनेले न्यू बुटवलदेखि भारतीय सीमासम्म बनाउने गरी ‘अप्सन’मा राखिएको एमसीए नेपालका प्रवक्ता राजीव दाहालले जानकारी दिए । टेन्डर प्रक्रिया पुरा गर्न करिब १८० दिनको समय लाग्ने छ । नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच अगस्ट २०२३ देखि ५ वर्षको अवधि राखेर आयोजनाको निर्माण सुरु गर्ने समझदारी भइसकेको छ ।
ताजा अपडेट
-
यस्तो छ रविको अबको योजना, तर छैनन् प्रधानमन्त्री तयार
-
प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय
-
सिंहदरबार फर्किन रविको पहल
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
प्रतिक्रिया