NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

एमाले सचिवले कांग्रेस सहमहामन्त्रीलाई हराए

निकै प्रतिस्पर्धापूर्ण देखिएको धनुषा–४ मा १२४ मत अन्तरमा एमालेका रघुवीर महासेठले जित निकालेका छन् । महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै कठिन जित निकालेका हुन् ।

महासेठ ३२ हजार २३६ मतका साथ विजयी हुँदा यादव ३२ हजार ११२ मतमा स्तब्ध भए ।

विजयी महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री ।

महासेठ र यादव राजनीतिका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यसअघि २०७४ को निर्वाचनमा उनीहरू आमनेसामने भएकोमा महासेठले नै जित निकालेका थिए । महासेठले यादवलाई २ हजार ५४१ मतान्तरमा पराजित गरेका थिए । यस पटक यादव महासेठसँग बदला लिने योजनासहित मैदानमा उत्रिएका भए पनि सफल हुन सकेनन् ।