NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मेगा बैंकको लाभांश संशोधन

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ ।

बैंकले यस अघि गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नयाँ संशोधनअनुसार बैंकले ४ प्रतिशत बोनश शेयर र ३.७९  प्रतिशत नगद लाभांश गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संशोधन गरेको लाभांश बैंकको १२औँ  वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि वितरण हुने छ ।

May be an image of text

मेगा बैंकले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने