NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

टेबलटेनिसको छनोट नेपालमा हुने

काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता आउँदो २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष/महिला खेलाडी सहभागी हुने छन् ।

पुरुष/महिला एकल लिग कम नकआउट आधारमा हुनेछ । पुरुष/महिलामा १६–१६ खेलाडी छनोट हुने छन् ।