NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बलात्कार आरोपित पक्राउ

ओखलढुंगा । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ ।

कार्तिक ३ गते बलात्कार गरेको भन्ने पीडितको आरोपको आधारमा मंगलबार प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको छ ।