NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सावधानी के-के हुन् ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका वित्तिय संस्थाको उपस्थिति नभएका स्थानमा अधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने सक्ने व्यवस्था छ । राष्ट्र बैंकको उक्त  व्यवस्थाले धेरै बैंक तथा वित्तिय संस्था अहिले दुर्गम गाउँमा पुगेका छन् ।

तर पछिल्लो समयमा शाखारहित बैंकिङ सेवाबाट ग्राहक ठगिन थालेको जनगुनासो सुनिँदै आएको छ । यही कुरालाइ मध्यनजर गर्दै र ग्राहक नठगिनको लागि राष्ट्र बैंकले विभिन्न कुरामा सचेत हुन अनुरोध गरेको छ ।

यस्तो छ, राष्ट्र बैंकले सचेत गराएका कुराहरू :

  • बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्छ ।
  • सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत भुक्तानी तथा निक्षेप जम्मा गर्नुपर्छ
  • कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवार बमोजिम भए नभएको एकीन गर्नुपर्दछ । साथै विद्युतीय उपकरणबाट सुनिने ध्वनीमार्फत आफूले गरेको कारोवारको एकिन गर्न सकिन्छ ।
  • शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिम भएको वा नभएको थाहा पाउनु पर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको एकीन गर्नुपर्छ ।