NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८४ करोडममा खुम्चियो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ५१ अंकले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ मा झरेको छ ।

आज नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज कूल २३८ कम्पनीको १५ हजार ६९१ पटक कारोबारमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३०१ रूपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भयो ।

त्यस्तै नबिल बैंक चार करोड १५ लाख ३ हजार, नेष्ठो समृद्रधि ३ करोड ८३ लाख १० हजार, शिभम् सिमेन्ट ३ करोड ९ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८७ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुधबार ग्रिन हाइड्रोपावरको सर्वाधिक ४.१७ प्रतिशतले सेयरमूल्य बढेको छ । त्यस्तै खप्तड लघुवित्त वित्तिय संस्था ४, रूरू ३.३१, बुद्ध भूमि नेपाल हाइड्रोपावर २.८४ र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले २.७२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, लक्ष्मी इक्युटी फण्डका लगानीकर्ताले सर्वाधिक ५.७६ प्रतिशतका दरले गुमाएका छन् । यता विन नेपाल लघुवित्त ४.४०, गुहेश्वरी मर्चेण्ट बैंकले ३.२७ प्रतिशतले गुमाएका छन् ।

कारोमामा आएका १३ उपसमूहरूमा आज माइक्रोफाइनान्स र व्यापारबाहेक सबैको उपसमूह घटेको छ । माइक्रोफाइनान्स र व्यापारको सेयरमूल्य क्रमश ०.०१  र ०.८८ प्रतिशतका दरले बढेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष